राष्कोट नगरपालिकामा कालिकोट जिल्लाकै नमुना क्वारेन्टाइन निमाण ।।

कालिकोट जिल्लाको राष्कोट नगरपालिकामा कालिकोट जिल्ला कै नमुना क्वारेन्टाइन निमाण गरिएको छ ।  विश्व मानव जगतमा तिब्रगतिमा फैलिदै गएको कोरोना भाइरस (कोभिड १९) को कहर सगै बाहिर बाट आएका नागरिकलाई राख्नकालागी राष्कोट नगरपालिकाले दुइ सय पचास बेडको क्वारेन्टाइन निमार्ण गरेको छ ।
राष्कोट नगरपालिकाका नगरबासि वासी ठूलो संख्यामा मदजुरीका लागि भारतमा छन् ।

कोरोना तीव्र रुपमा फैलिन थालेपछि भारतबाट उनीहरु घर आउन सुरु गरेपछि जोखिमलाई मध्यनजर गर्दे क्वारेन्टाइन निमाणर््ा गरिएको राष्कोट नगरपालिकाका नगर प्रमुख काशिचन्द्र बरालले बताउनु भयो ।

दुइ सय पाचस बेडको क्वारेन्टाइन पहिले नै बिभिन्न सामुदायिक बिद्यालयहरुमा बनाइ सकेको थियौ, अहिले भारत बाट आउने थप नागरिक लागी पछि दुइ सय पचास बेडको क्वारेन्टाइन निमाण गरेको बरालले बताउनु भयो । भारत बाट आएका नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र स्वास्थ्य जाँचपछि मात्रै घर जान दिइने निर्णय भए अनुसार क्वारेन्टाइन निर्माण गरि चेकजाँच थालिएको बताउनु भयो ।।